Category Archives: Harka Gurung

हर्क गुरुङसँग रोचक र घोचक भेट

ck-lal

सिके लाल
डा. हर्क गुरुङ आफ्नो मौलिक भाषा हराएका व्यक्तिमध्ये पर्नुहुन्थ्यो । उहाँ साहै्र ठूला अन्तर्राष्ट्रिय स्तरको विद्वान् हुनुभयो – नेपालका लागि गौरव । संसारकै लागि योजनाशास्त्रीहरुमा, योजनाविद्हरुमा प्रकाण्ड । भूगोलका ज्ञाता । तर मातृभाषामार्फत् आफ्नो माटोसँग जुन जरा जोडिएको हुन्छ, मातृभाषामार्फत् जुन पोषण पाउँछ व्यक्तित्वले, त्यो पोषण उहाँले पाउनुभएन । त्यसले गर्दा उहाँ हकी तर ठाडो बोल्ने हुनुभयो ।

तीन असफल प्रयास

सन् १९८५—८६ तिर होला, बसाइँसराइ प्रतिवेदन आएको थियो । हामी ‘गुरुङ प्रतिवेदन’ भन्थ्यौं । त्यो प्रतिवेदनको विरोध भयो । हर्क गुरुङको पुत्ला पनि जलाइए । प्रतिवेदन पनि जलाइए ।

म युवा नै थिएँ । उहाँसँग एकचोटि भेटेर कुरा त गरौं भनेर फोन नम्बर खोजें मैले । उहाँको घरमा फोन गरें ।

‘मन्त्रीज्यू हुनुहुन्छ ?’, मैले सोधेें ।

कसले फोन उठाएको थियो, थाहा भएन । मलाई लाग्छ, उहाँकी श्रीमती अथवा अरु कोही हुनुपर्छ । महिलाको स्वर थियो । मैले सोध्ने आँट पनि गरिनँ । उताबाट त ‘यहाँ कोही मन्त्री छैन, यो त मन्त्रीको घर होइन’ भन्ने पो उत्तर आयो ।

‘यो डा. हर्क गुरुङको घर होइन ?’, मैले फेरि सोधें ।

उताबाट जवाफ आयो, ‘हो, डा. हर्क गुरुङको घर हो ।’

हाम्रोमा त एकपटक मन्त्री भएपछि आजीवन मन्त्री नि त ! त्यस हिसाबले मन्त्रीज्यू भनेको थिएँ तर उहाँले चित्त दुखाउनुभयो, ‘पञ्चायतकालमा मन्त्री भाको सधैंभर मन्त्री भनिराख्नुपर्ने ?’ Continue reading →