Category Archives: Gender

Feminism in Nepal by Meena Acharya

Advertisements

MAJMA (54) -documentary Screeing

documentary_show

स्वस्थानीः विभेदको सुरूवाती कथा

narayani_devkota

नारायणी देवकोटा

काठमाडौंमा महिलाहिंसा विरोधी प्रदर्शन जारी रहेका बेला हिन्दुहरूको एक महिना लामो स्वस्थानी व्रत माघ १३ गतेबाट सुरु भएको छ । महिला हिंसा र स्वस्थानी व्रत कथाको विषयलाई किन जोडेको भने स्वस्थानीको व्रत र त्यसमा पढिने कथा झट्ट सुन्दा देवीको कथाजस्तो लाग्छ । तर त्यहाँ न कतै स्वस्थानीको कथा छ, न स्वस्थानीको पूजा नै गरिन्छ । त्यहाँ कथा पनि महादेवको छ र पूजा पनि महादेवको नै हुन्छ । महादेवको पनि लिङ्ग -शिवलिंग) को पूजा हुन्छ । संसारमा जब मातृसत्ताको पतन भयो, त्यसपछि लेखिएको कथा हो यो । यसमा महिलाको व्रतको आवरणमा पुरुषको शक्तिको गुणगान लेखिएको छ । जुन लिङ्ग पूजाको असर आज पनि हाम्रो समाजमा जताततै देख्न बाध्य छौं । हरेक धर्म र समाजमा महिलाको स्थिति कमजोर होला । त्यो अर्को पक्ष हो, यहाँ हामी महिला नै कसरी लिङ्गको पूजामा लिप्त छौंं भन्ोरमात्र लेख्न खोजेकी हुँ ।  अहिलेका नेपाली महिलालाई धर्म गर्न र व्रत बस्नैपर्छ भनेर कसैले दबाब दिँदैनन् । यस कारण पनि महिलाहरू आफ्नो रहरले व्रत बसेका हुन् । यसरी रहरले व्रत बस्नेहरूले कतै आफूलाई कमजोर त बनाइरहेका छैनन् ?

माघ १३ गतेबाट धेरै महिला एक महिना लामो स्वस्थानी व्रत बसेका छन् । यसमा पढेलेखेका महिलाको संख्या पनि प्रशस्त छ ।  हिन्दु समाजमा जन्मेका महिलालाई थाहा नभएको र कसैले भनेको नयाँ व्रत र पूजा होइन, स्वस्थानीको । व्रत नबसेका घरहरूमा पनि स्वस्थानीको कथा वाचन गर्ने चलनले धेरैलाई यो कथा थाहा भएको हुन्छ । यो व्रतको नाम त स्वस्थानी परमेश्वरीको व्रत जुन नारी जातिको व्रतको नामले भनिन्छ, तर त्यसमा पूजा र व्रतचाहिं महादेव -शिव) को हुने गर्छ । Continue reading →