Category Archives: Caste

हिन्दु समाजमा दलित जातीय मुक्तिको प्रश्न

विषय प्रवेश
hari_bhujelप्रस्तुत लेख पहिलो पटक सोसल साइन्स वहाः का लागि हिमाल किताबद्धारा सन् २००४ मा प्रकाशित “नेपालको सन्दर्भमा समाज शास्त्रीय चिन्तन” नामक पुस्तकमा समेटिएको थियो । जुन लेख सन् २०१० मा उनकै आˆनो पुस्तक ‘नेपालमा वर्ण व्यवस्था र वर्ग संघर्ष’ मा पुनः प्रकाशित भयो ।

लेखक ‘आहुति’ लामो समयदेखि दलित आन्दोलनमा क्रियाशील छन् । विशेषगरी कम्युनिष्ट पार्टी भित्र रहेर उनले दलित आन्दोलनको नेतृव गर्दै आएका छन् । ‘दलित’ समुदायको प्रतिनिधि अध्यता हुनुको नाताले उनमा दलितको विषयलाई सहि र गम्भीर तरिकाले बुझ्न सक्ने दृष्टिकोण छ भन्न सकिन्छ । प्रस्तुत लेखमा सामाजिक असमानताको एक स्वरुप वर्ण व्यवस्था र यसले नेपाली समाजमा परेको असरका प्रवृत्तिलाई उल्लेख गरेका छन् । उनी लेख मार्फत दलितपनाको इतिहास, वर्तमान र भविष्यलाई हेर्ने दृष्टिकोण अघि सार्दछन् ।

लेख संक्षेपीकरण
प्रारम्भमा उनले दक्षिण एसियाका २५ करोड दलितको सामाजिक, आर्थिक र साास्कृतिक स्थिति कस्तो रहेको छ भन्ने चर्चा गर्दछन् । लामो समयदेखि दमन, शोषण, उत्पीडन र बहिस्करण चल्दै आएता पनि आधुनिक दक्षिण एसियामा सशक्त दलित आन्दोलन किन उठ्न सकेन? प्रारम्भमा नै उनी प्रश्न गर्दछन् । Continue reading →