Monthly Archives: March, 2014

Death Ritual Practice among Hindu Chettris of Kathmandu Valley

Death Ritual Practice among Hindu Chettris of Kathmandu Valley

 

Professor and Head, Om Gurung, Ph.D – Introduction to Central Department of Sociology/Anthropology, Tribhuvan University.

 

 

सुसिलाहरुको कक्षा, जहाँ दृष्टिकोणलाई मलजल गरिन्छ

नारायणी देवकोटा

narayani_devkotaदश वर्ष अगाडी देखी एउटा ठूलो सपना थियो, कुनै दिन किर्तिपुर गएर मास्टर्स पढ्ने । कुन विषयमा भन्ने थिएन । कुनै प्रतिशतको आशा थिएन । बस, किर्तिपुर गएर पढ्ने एउटा प्यारो सपना थियो । काठमाण्डौको विधार्थी राजनीतिमा रत्तिँदै गए पछि मलाई आफुले समाजशास्त्र पढ्नुपर्ने रहेछ भन्ने महशुस भयो । त्यस महशुसको कारण मेरा साथीहरु थिए । जो समाजशास्त्र पढेका थिए, उनीहरुको बैचारिक जग बलियो थियो । जो अन्य विषयबाट आएका थियौँ हाम्रो बैचारिक जग नै थिएन । बेला बेलामा मेरा गुरु घनश्याम भूषालले ‘तपाईले त समाजशास्त्र पढ्नु पर्ने हो’ भन्ने बाक्यले पनि मलाई मास्टर्समा समाजशास्त्र पढ्न धकेलिरहेको थियो ।

६९ सालमा मात्रै म सपनाहरुलाई पछ्याउँदै किर्तिपुर क्याम्पस जाने मौका पाए । र, ६९ सालको असोजमा सुरुभएको कक्षामा बसेँ । कक्षामा जान अगाडी चैतन्य मिश्र र सुरेश ढकाल सरको लेखनी खुब मन पथ्र्यो । मेरो लागि चैतन्य सर एउटा आदर्श हुनुहुन्छ । पछिल्ला ५ वर्ष देखि । उहाका पत्रपत्रिकामा छापिएका लेखहरु महिनौसम्म मेरा महत्वपूर्ण किताबहरुको साथमा हुन्छन् । कृष्ण भट्टचनले पढाउँछन् भन्ने र उनको पढाईका चुट्किलाहरुको विषयमा पनि बहुत सुनिन्थ्यो चिया गफहरुमा ।

तर, साच्चैको कृष्ण भट्टचनलाई मैले भेटेकी थिईन । कृष्ण भट्टचनले, ‘गाजलु ति ठूला ठूला आखा’ बोलको गित जनजातिले लेखेको भए ‘गाजलु ति चिम्सा चिम्सा आखा’ भनेर लेख्थे भन्छन् रे, घरमा सर्प र बाहुन एकसाथ पसे पहिला बाहुनलाई धपाउनु अनि सर्पलाई भन्छन् रे, एकपटक मण्डला बुक्सबाट नेपालमा दश प्रति मात्र आएको कुनै किताब भट्टचनले सबै उठाएछन् रे, किन सबै किताब किन्नुभएको भनेर कसैले सोध्दा बाहुनले पढ्लान् भनेर किनेको भने रे, एकल जातिए पहिचान हुनै पर्ने भनेर पढाउँछन् रे, कक्षामा नस्लवादी विचारको बढी ब्याख्या गर्छन् रे । भट्टचन सरको बारेमा मैले धेरै नै हल्लाहरु सुनेकि थिए, हल्लैहल्लाको काठमाण्डौमा । Continue reading →