समाज विज्ञानमा नयाँ विषयवस्तु र नयाँ पुस्ता

हरि बहादुर भुजेल (विभास) (24)hari_bhujel

( प्रस्तुत लेख आगामी ‘समाज विज्ञानमा नयाँ पुस्ता प्राज्ञिक गैरसरकारी संस्थाको भूमिका’ नामक लेख अध्ययन गरि सके पछि छलफलकको लागि मात्र लेखिएको हो । यसले सोमबार हुने प्रत्यूष वन्तको लेक्चर सेरिजलाई थप उपलब्धीमूलक बनाउन मद्दत गर्ने आशा गर्दछु ।)

समाज विज्ञानको क्षेत्र ब्यापक छ । समाजको बदलिदो स्वरुप सँगै समाजविज्ञानका क्षेत्रहरु पनि ब्यापक विस्तारित भैरहेका छन् । समाजका विभिन्न अवयवहरुको यथार्थ तरिकाले उद्घाटन गर्नु आजको आवश्यकता बनिरहेको छ । यसै सन्दर्भमा अन्नुसन्धानकर्ता प्रत्यूष वन्तले समाज विज्ञानमा नयाँ पुस्ताको आगमनलाई सरलिकरण गर्ने काम गरेर सहज बनाइदिएका छन् ।

नयाँ पुस्ताले समाज विज्ञान के कसरी योगदान दिन सक्दछन् ? यसको लागि कस्तो वातावरण विध्यमान छ र अव के हुनु पर्छ? भन्ने विषयमा वन्तले दिएका सुझावहरु मनन योग्य छन् । यो लेख वन्तले उठाएको सबै बिषयप्रति पूर्ण सहमति जनाउदै उनले उठाउदा उठाउदै छायाँमा परेको महशुस भएका केहि विषय उठान गर्ने हेतुले लेखिएको हो । लेखमा उल्लेखित विषय वस्तु पूर्ण संशोधित वा प्रशोधित नभइ एक नयाँ समाज विज्ञानको विद्यार्थीको नाताले उठाइएका नितान्त आनुभाविक हुन् । जसले थप छलफल र विश्लेषणको लागि ठाउँ पाउने अपेक्षा गरेको छु । 

समाज विज्ञानमा नयाँ विषयवस्तुहरु
समाज विज्ञानमा अनुसन्धानका विषयवस्तुहरु चलायमान छन् । कुनै काल खण्डमा सहि रहेको विषय अर्काे काल खण्डमा मृत प्राय भैसकेको हुन्छ । विश्वब्यापी रुपमा हेर्दा पुर्नजागरण कालमा आवश्यक ठानिएको विषय अहिलेको उत्तर आधुनिक कालमा अनुसन्धानको स्रोत र विषयवस्तु नबन्न सक्छ ।
समाजविज्ञानको क्षेत्र बहुआयामिक छ । प्राकृतिक विज्ञान जस्तो कुनै कुराको अनुसन्धान ‘अहिले यति नै फेरि पछि त्यहिबाट सुरु गरौला’ भन्ने जस्तो उधारो अनुसन्धान समाजविज्ञानमा सम्भव छैनन् । यसका चलहरुको गतिशिलताले अनुन्धानको नतिजामा क्षणभरमा नै परिवर्तन ल्याइदिन सक्दछ ।

यो उपशिर्षकमा चर्चा गर्न खोजिएको विषय हाम्रो सन्दर्भमा हो । फेरि निरपेक्ष विश्वब्यापी रुपमा भएको समाजविज्ञानका आयामलाई पूर्ण नकारेर केबल हाम्रो सन्दर्भमा मात्र भन्न पनि खोजिएको होइन ।

सबै भन्दा पहिला आजको हाम्रो समाज विज्ञानको अनुसन्धानका विषयवस्तुको सन्दर्भ भनेको के हो ? भनेर प्रश्न गर्नु उपयुक्त हुनेछ । यसको सहि उत्तर समाजविज्ञानका विषयवस्तुलाई प्रभाव पार्ने आधारभूत कुराहरु (आर्थिक, राजनीतिक, सांस्कृतिक )पक्षहरुको तुलनात्मक विश्लेषण नगरि प्राप्त हुन सक्दैन ।

आर्थिक पक्ष
करिब दुई अङ्कको हाराहारीमा आर्थिक विकासको लक्ष्य पछइरहेका दुई विशाल छिमेकीको बिचमा हाम्रो देश छ । तर हाम्रो आर्थिक वृद्धिदर औषत ३ देखि ४ प्रतिशतको बिचमा छ । कुल ग्राहस्थ उत्पादनमा ३५ प्रतिशत हिस्सा निवाहमूखि कृषिको छ भने कुल ग्राहस्थ उत्पादनको २० प्रतिशत हाराहारीमा वैदेशिक रोजगारीमा गएका युवा युवतीको कमाई छ । देश भित्रकै औपचारीक क्षेत्रको जीडिपीमा जम्मा पाँच देखि सात प्रतिशत योगदान छ । रोजगारीको उत्पादन दर जम्मा ३ प्रतिशत छ । बर्षेनी श्रम बजारमा आउने ६ लाख युवाको रोजगार थलो देश नभई विदेश हुने गरेको छ । आर्थिक विकासको वातावरण हुन सकेको छैन । जलविद्युतको अपार सम्भावना भएको देशमा उर्जा संकटको पनि भारि छ । संभावना युक्त मानिएको पर्यटन क्षेत्रको जीडिपीमा योगदान दुई प्रतिशत पनि पुग्न सकेको छैन् । प्रतिब्यक्ति आय प्रति दिन दुई डलर भन्दा केहि माथी मात्र पुगेको छ । २५.१६ प्रतिशत जनता अझै निरपेक्ष गरिबीको रेखामा छन् । अबको त्रिवर्षिय योजनामा जसलाई १८ प्रतिशतमा झार्ने लक्ष्य लिएको सुनिन्छ ।

समग्रमा भन्दा देशको आर्थिक अवस्था शिथिल छ । देश विश्वब्यापार संगठनको सदस्य त भएको छ तर त्यसबाट अपेक्षित लाभ लिन सकेको छैन । अन्तराष्ट्रिय रुपमा प्रतिस्पर्धी उत्पादन गर्न सकिएको छैन । विशेष गरि कच्चा पदार्थको निर्यात र महंङ्गा सामानको आयातले ब्यापार सन्तुलनको अवस्था नाजुक छ । नुन देश सुन सम्म बाहिरबाट ल्याउनु पर्ने बाध्यताले देशको आन्तरिक उत्पादनको दयनिय अवस्था चित्रण गर्दछ । आर्थिक अवस्थालाई पुर्नताजकी गर्ने अन्य माध्यमहरु पनि क्रियाशिल गराउन सकिएको छैन् । जसको प्रत्यक्ष असर समाज विज्ञानका नयाँ अनुसन्धानमा कसरी परिरहेको छ भन्ने चर्चा तल गरिने छ ।

राजनीतिक पक्ष 
राजनीतिक दलहरु आनो जिम्मेवारी निर्वाह गर्न असफल भएका छन् । एतिहासिक उपलब्धी मानिएको संविधान सभा विना संविधान विघटन हुनु ,राजनीतिक दलहरुबाट नै सहमतिको सरकार गठन गर्न नसक्नु र प्रधान न्ययाधिसबाट देशको शासन चलाउनु पर्ने स्थितीमा आइपुग्नुले देशको राजनीतिक अन्यौलतालाई प्रष्ट पार्दछ । बर्षाै सम्म चुनाव हुन नसक्नु , नयाँ नेतृत्व विकासको कार्य अवरुद्ध गर्ने एक उपाय हो । जब नेतृत्व विकासको कार्य अवरुद्ध हुन्छ तब राजनीतिमा बदमासी हुनु स्वभाविक हो । नयाँ नेतृत्वको अभावले समग्र सामाजिक प्रक्रियालाई कसरी जाम गरिरहेको छ ? नयाँ समाजविज्ञानका विद्यार्थीको भूमिका के हुन सक्छ ? भन्ने विषयमा पछि चर्चा गरिने छ ।

सांस्कृतिक पक्ष 
संस्कृतिले मानिसलाई एकिकरण गर्छ वा विखण्डन गर्छ त्यो एउटा सैद्धान्तिक पक्ष हो । नेपालमा भएको सांस्कृतिक विविधता र यसका विभिन्न आयामहरु भने रोचक छन् । परम्परागत रुमपमा विध्यमान सांस्कृतिक विविधता र त्यसको संयोजन सँगै अब चर्चा गर्नु पर्ने विषय थप भएका छन् । एका तर्फ विगतमा पछाडि पारिएका जात जातिले आनो अधिकारको कुरालाई जोड तोडका साथ उठाइरहेका छन् भने अर्काे तर्फ पूजींवादी संस्कृतिका आयामहरु तिब्र विस्तारित भैरहेका छन् । निरपेक्ष स्वतन्त्रता, उपभोक्तावादी संस्कृति जस्ता कुराले समाजविज्ञानको विषय गतिशिल बनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।
माथी उल्लेखित तीन वटै विषयको एउटै भाव के हो भने समाज विज्ञानको विषयवस्तु ब्यापक भएको छ । इमाइल दुर्खाइमको जस्तै समाज मेकानिलक सोलिडारिटिबाट आर्जानिक सोलिडारिटि वा माक्र्सको जस्तै समाज सामान्ती बाट पूजीवादी हुने क्रम तिव्र भएको छ ।
हामी कहाँ छौ ?

सर्वप्रथम त देशमा समाजविज्ञानका विद्यार्थी र उनीहरुको आवश्यकतालई कति प्राथमिकताको साथ लिइएको छ भनेर बुझ्न जरुरी छ । समाजशास्त्रको विद्यार्थीको हैसियतले भन्नु पर्दा यदाकदा बाहेक समाजविज्ञानलाई स्वीकार गरीएको छैन् । तितो सत्य, जति विज्ञान वा प्राविधिक शिक्षाको अवश्यकतालाई राज्यले संरक्षण प्रदान गरिरहेको छ समाजविज्ञानलाई गरेको छैन् । अझ बढेर भन्दा समाजविज्ञान राज्यको हेपाह प्रवृतीमा परेको छ । यसबाट उत्पादित ज्ञान र जनशक्तिलाई अवमुल्यन गरिएको छ । जसको कारणहरु दुई वटा हुन सक्दछन् ।

समाज विज्ञानका ज्ञाताहरुले राज्यमा आनो प्रभावकारी उपस्थिति जनाउन नसक्नु ,आनो स्वीकार्यता बढाउन नसक्नु । वा उत्पादित जनशक्ति गुणस्तरीय नहुनु ।
राज्य पक्षबाट समाज विज्ञानको महत्वलाई नजरअन्दाज गर्नु , यसको आवश्यकता बुझ्न नसक्नु ।

दोस्रो समाजविज्ञानले आनो अनुसन्धानको विषय क्षेत्रलाई ब्यापक गर्न सकेको छैन । जति गरेको छ ति विषयवस्तुलाई प्रचारप्रसार गर्ने वा महत्वालाई सम्वन्धित क्षेत्रमा पु¥याउन कन्जुसाई भएको छ । जसले नयाँ पुस्ताका समाजिक वैज्ञानिकहरु यस क्षेत्रबाट क्रमश पलायन हुदै गएका छन् । राज्यको मूल धारभन्दा बाहिरबाट आना ब्यक्तिगत अवसरको लागि क्रियाशिल भएका छन् ।

तेस्रो वन्तले उल्लेख गरे जस्तै सामाजिक अनुसन्धानकर्ताहरु आर्थिक अभावको चेपुवामा परेका छन् । उनीहरुलाई सहयोग गर्ने निकाय वा संस्थाको कमि छ नै, त्यसै माथी विना स्वार्थ केवल ज्ञान मात्र उत्पादन गर्न गरिने अनुसन्धानलाई सघाउ पु¥याउने निकाय औलामा गन्न पुग्ने पनि छैनन् ।

अनुसन्धानकर्ता तयार गर्ने अध्ययन संस्कृति अपरिहार्य हुन्छ । राजधानीमा चल्ने एकाध कार्यक्रम बाहेक नयाँ पुस्तालाई अभिपेरित गर्ने खालका रिडर्स क्लब तथा सोसाइटि बाहिर पाउन गाह्रो छ । एक उदाहरण पोखरामा हालैका बर्षमा खुलेको ¥याड्म रिडर्स सोसाइटि नेपाल नामक रिर्डस क्लब आनो नियमित खर्च चलाउनै धौ पर्ने अवस्थामा छ । त्यसै माथी नियमित अनुसन्धानमूलक प्रकाशन गरि युवा अनुसन्धानकर्ता प्रोसाहन गर्ने कार्य एकाध भएका छन् । प्रकाशकहरु पनि ‘खेलौना’, ‘भियग्रा’ जस्ता पुस्तक प्रकाशन गर्न र लाखौ रुपैया लेखकलाई दिन तयार छन् तर अनुसन्धानमूलक कृति र जर्नल उनीहरुको प्राथमिकतामा नपर्ने गरेको तितो सत्य हो ।

अब के गरिनु पर्ला ?
यो अवस्थामा समाज विज्ञानका नयाँ पुस्ताको भूमिका के हुनु पर्दछ त ? अब के गर्नु पर्ला त भन्ने कुरा माथीका समस्यामा जोडिएर आएको छ । उल्लेखित समस्या समाधान गर्ने विभिन्न क्षेत्रका आआनै भूमिकाहरु छन् ।

सर्व प्रथम राज्यले समाज विज्ञानमा नयाँ पुस्ताका अनुसन्धान कर्ता तयार गर्ने उपयुक्त वातावरण तयार गनु पदर्छ । उपयुक्त वातावरण भन्नाले नयाँ अनुसन्धान कर्तालाई के कसरी उपयोगी र फलदाही अनुसन्धानमा लगाउन सकिन्छ भनेर सोच्न जरुरी छ

देशमा थुप्रै विकासका आयोजनाहरु चलिरहेका छन् तर तिनको सामाजिक,सांस्कृतिक प्रभावलाई आकलन नै चलिरहेछन् । के भौतिक पूर्वाधारको विकास गर्ने भौतिक आधार मात्र एक पक्ष हो? यसको लागि सामिजिक अनुसन्धान जरुरी छैन् ? पक्कै पनि विकासको दिगो र सुरक्षित लाभको लागि सामाजिक अनुसन्धान अवश्यक पक्ष हो । जसमा युवा सामिाजक अनुसन्धानकर्ताको उपयोग हुन सक्दछ ।

केन्द्रिय तथ्याङ्क विभागले सनु २०११ मा ११ औ जनगणना ग¥यो । बर्षेनी यसले विभिन्न सर्वेक्षणहरु गरिरहेको छ । तर ति सर्वेक्षणहरु विभाद रहित हुन सकेका छैनन् । कारण ति सर्वक्षणले ल्याउने गलत प्रकारका तथ्याङ्क नै हुन् । विशेष गरि विभागले गर्ने सर्वेक्षणमा शिक्षकहरुलाई प्रयोग गर्ने गरिएको छ । एक त विद्यालयलाई नकारात्मक असर त्यसै माथी उनीहरुबाट ल्याइएको तथ्याङ्क मिथ्याङ्क भएको आरोप छ । तसर्थ नया अनुसन्धानमा विशेष गरि समाजविज्ञानका विद्यार्थीलाई प्रयोग गर्दा तथ्याङ्क सहि आउन सक्ने मेरो ठम्माइ छ । कामकाजी शिक्षक भन्दा यसै विषयमा अध्ययन गरिरहेका विद्यार्थी अनुसन्धानका लागि राम्रो आधार हुन् ।

अनुसन्धानको प्रयोग गर्नु र प्रयोगको लागि स्तरीय अनुसन्धान गर्नु दुवै आजको आवश्यकता हो । विश्वविद्यालयका विद्यार्थीहरुले गरेका थेसिस परिक्षाको लागि तयार गरिएका उत्तर पेपर मात्र होइन ज्ञानको स्रोत पनि हुन् तर यसलाई राज्यको विकासको सन्दर्भमा कहिल्यै उपयोग गरिएको सुनिएको छैन् । जसले विद्यार्थीलाई अनुसन्धानकार्य उत्साहजनक कार्य नभई केबल प्रमाणपत्र हाता पार्ने माध्यम भएको छ । यसर्थ गरिएको अनुसन्धानलाई प्रयोग गर्ने सम्वन्धित नीति निर्माण गर्ने निकाय तयार हुुन पर्ने देखिन्छ ।

दोस्रो, गैसस तथा सामाजिक संस्था तथा प्राज्ञहरु तथा अग्रज अनुसन्धानकर्ता स्वभाविक रुपमा नयाँ पुस्तालाई गोरेटोे देखाउनु पर्छ ,राजमार्ग होइन । राजमार्ग होइनको अर्थ अनुसन्धान भन्नुको अर्थ पुर्नखोजी पनि हो । जो स्वाभाविक राजमार्गको यात्रा होइन । तर नेपालमा गरिने कतिपय अनुसन्धानका कार्यहरु गैससको अनावश्यक दबाबमा हुने गरेको तथ्य लुकेको छैन । अनुसन्धान गर्न लगाउने हो भने त्यसबाट आएको नतिजा पनि स्वीकार गर्न सक्नु पर्छ । तर कतिपय विकासे संस्थाहरुले अनुन्धानकर्ताको नतिजालाई तोडमोड गराउन लगाएको पाइन्छ । जुन अनुसन्धानको नैतिकता भित्र पर्दैन । जसले वन्तले भने जस्तै नयाँ अनसन्धानकर्ता विश्लेषणात्मक क्षमताको हुनु भन्दा पनि केबल भारि बोक्ने भरिया बन्न पुग्दछ ।

गैसस तथा सामूदायीक संस्थाले गर्ने अर्काे काम भनेको अनुसन्धानको प्रचार र त्यसको महत्वालाई स्थापित गर्न पनि महत्वपूर्ण भूमिका खेलन सक्दछन् । जसले गर्दा नयाँ अनुसन्धानकर्तालाई थप अनुसन्धान गर्न र सामाजिक तथ्यलाई बाहिर सार्वजनिक गर्न आट आउन सक्दछ ।

तेस्रो, स्वयमं नयाँ अनुसन्धानकर्ता क्रियाशिल हुुनु पर्दछ । अवसर ढोकामा आउदैन् यसलाई सिर्जना गर्नु पर्ने आवश्यकता छ । एक त सामाजिक अनुसन्धानको आवश्यकता पुष्टाइ गर्नु पर्ने छ भने अर्काे तर्फ यस सग जोडिएर आउने आर्थिक ब्यवस्थापनको कुरालाई पनि सम्बोधन गर्ने तरिका सिक्नु पर्दछ । साथै वर्तमान सन्दर्भमा आएको समाज विज्ञानको विविधतालाई सम्बोधन गर्न सक्नु पनि नया अनुसन्धानकर्ताको काम हो । समाज विज्ञानको क्षेत्रमा आएको ब्यापकताले अनुसन्धानका विषयवस्तु मात्र बढाएको छैन यी विषयवस्तु प्रति दक्षता हासिल गर्नु पर्ने चुनौती पनि हाम्रो सामु खडा गरिदिएको छ । अझ चुनौतीका कार्य यो छ कि यस भन्दा अगाडि यस किसिमको चौतर्फि संक्रमकण कहिल्यै आएको थिएन । जुन नया समाजिक अनुसन्धानकर्ताको चुनौति मात्र होइन गतिलो अवसर पनि हो ।

२०७० असार १५ गते ।

MA  in Sociology 2012-14
Central Department of Sociology/Anthropology
bivas.hope@gmail.com

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: