Monthly Archives: July, 2013

Guest Lecture Series IV by Pyatyoush Onta

Pratyoush Onta

Advertisements

समाज विज्ञानमा नयाँ विषयवस्तु र नयाँ पुस्ता

हरि बहादुर भुजेल (विभास) (24)hari_bhujel

( प्रस्तुत लेख आगामी ‘समाज विज्ञानमा नयाँ पुस्ता प्राज्ञिक गैरसरकारी संस्थाको भूमिका’ नामक लेख अध्ययन गरि सके पछि छलफलकको लागि मात्र लेखिएको हो । यसले सोमबार हुने प्रत्यूष वन्तको लेक्चर सेरिजलाई थप उपलब्धीमूलक बनाउन मद्दत गर्ने आशा गर्दछु ।)

समाज विज्ञानको क्षेत्र ब्यापक छ । समाजको बदलिदो स्वरुप सँगै समाजविज्ञानका क्षेत्रहरु पनि ब्यापक विस्तारित भैरहेका छन् । समाजका विभिन्न अवयवहरुको यथार्थ तरिकाले उद्घाटन गर्नु आजको आवश्यकता बनिरहेको छ । यसै सन्दर्भमा अन्नुसन्धानकर्ता प्रत्यूष वन्तले समाज विज्ञानमा नयाँ पुस्ताको आगमनलाई सरलिकरण गर्ने काम गरेर सहज बनाइदिएका छन् ।

नयाँ पुस्ताले समाज विज्ञान के कसरी योगदान दिन सक्दछन् ? यसको लागि कस्तो वातावरण विध्यमान छ र अव के हुनु पर्छ? भन्ने विषयमा वन्तले दिएका सुझावहरु मनन योग्य छन् । यो लेख वन्तले उठाएको सबै बिषयप्रति पूर्ण सहमति जनाउदै उनले उठाउदा उठाउदै छायाँमा परेको महशुस भएका केहि विषय उठान गर्ने हेतुले लेखिएको हो । लेखमा उल्लेखित विषय वस्तु पूर्ण संशोधित वा प्रशोधित नभइ एक नयाँ समाज विज्ञानको विद्यार्थीको नाताले उठाइएका नितान्त आनुभाविक हुन् । जसले थप छलफल र विश्लेषणको लागि ठाउँ पाउने अपेक्षा गरेको छु ।  Continue reading →